तारकेश्वर गाउँपालिकामा नियमविपरित शिक्षक सरुवा, पाटन उच्च अदालतको कारण देखाऊ आदेश  « Arthapath.com
१ आश्विन २०८०, सोमबार

तारकेश्वर गाउँपालिकामा नियमविपरित शिक्षक सरुवा, पाटन उच्च अदालतको कारण देखाऊ आदेश 



काठमाडौं । शिक्षक सरुवा नुवाकोटको तारकेश्वर गाउँपालिकालाई पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

गाउँपालिकाले केही समय अगाडि एकै पटक ८६ जना शिक्षकहरुको सरुवा गरेको थियो । शिक्षक सरुवाको नाममा नियमविपरित र व्यक्तिगत प्रतिशोध साँधेको भन्दै पालिकाभरका शिक्षक आन्दोलित थिए । 

गाउँपालिकाले गरेको शिक्षक सरुवामा पाटन उच्च अदालतको न्यायधिस राज्यलक्ष्मी बज्राचार्यले कारण देखाऊ आदेश जारी गरेको हो । 

नियमविपरित सरुवा गरिएको भन्दै शिक्षकहरूले शिक्षक सङ्घर्ष समिति नै गठन गरेर पालिका कार्यालयमा धर्ना दिएका थिए । उनीहरूले ऐन विपरीत र व्यक्तिगत प्रतिशोध साँधेर गरिएको सरुवा बदर गर्न माग गर्दै आएका थिए । 

गाउँपालिका अध्यक्ष शिव अधिकारी नेपाली काँग्रेसबाट निर्वाचित हुन् । उनले  फरक दलमा आस्था राख्ने तथा स्वेच्छाचारी गतिविधिमा प्रश्न उठाउने शिक्षकलाई प्रतिशोध साँधेर सरुवा गरिएको आरोप छ । पालिकाले गरेको शिक्षक सरुवा व्यवहारिक नभएको भन्दै उनी निकट दल नेपाली काँग्रेसका प्रतिनिधिहरूले पनि विरोध गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्