बौर आधारभूत स्वास्थ्य केन्द्रको समन्वयमा ठुलाचौर र पाखापानीमा एकीकृत स्वास्थ्य शिविर « Arthapath.com
२१ कार्तिक २०८०, मंगलवार

बौर आधारभूत स्वास्थ्य केन्द्रको समन्वयमा ठुलाचौर र पाखापानीमा एकीकृत स्वास्थ्य शिविर



बागलुङ । बौर आधारभूत स्वास्थ्य केन्द्रको समन्वयमा गलकोट नगरपालिका–४ को दुई स्थानमा एकीकृत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । ठुलाचौर र पाखापानीमा  गरिएको शिविरमा बालबालिको तौल मापन, सुगर रोग चेकजाँच तथा विभिन्न वितरण गरिएको थियो । 

सोही अवसरमा पाखापानीका ७४ वर्षीय मन बहादुर भण्डारी र ८५ वर्षीय डम्मर बहादुर भण्डारीले त्रिपुरेश्वर स्वास्थ्य आमा समूहलाई तौल मापन गर्ने मेसिन र बाफ लगाउने मेसिन हस्तान्तरण गरेका थिए । 

उक्त मेसिनले दुई वर्षसम्मका १४ जना बालबालिकाको पोषणको लेखाजोखा गरिएको बौर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख गणेश सुनारले जानकारी दिए । उनका अनुसार प्रथम, द्धितिय र तृतीय हुने बच्चाहरूलाई इमर्जेन्सी पोलिक्लिनिक पाईभेट लिमिटेडद्वारा एकएक थान डायपर प्रदान गरिएको थियो । 

शिविरमा ३४ जनाको सुगर जाँच गरिएको थियो । तीमध्ये १ जनामा सुगरको समस्या देखा परेको थियो । यस्तै, सोही शिविरमा १८ जनाको खकार परीक्षण र ५ जना बालबालिकालाई मेसिनबाट बाफ लगाइएको थियो । शिविर स्वास्थ्य जाँच गराएका सम्पूर्णलाई जुकाको औषधी समेत वितरण गरिएको केन्द्रका प्रमुख सुनारले जानकारी दिए । 

शिविरकै अवसरमा ग्रामीण स्वास्थ्य सुधार परियोजनाले जन्मेदेखि २४ महिनासम्मका बालबालिकाहरूको पोषण स्थितिको लेखाजोखा गर्नको लागि डब्लुएचओ स्ट्यान्डर्ड न्युट्रिसनल चार्ट तथा पोषण चार्ट सहयोग गरेको थियो । यसका साथै सवारी  दुर्घटनामा परि घाइते गलकोट नगरपालिका–४ का ६६ वर्षीय राम बहादुर खत्रीलाई १ थान वैशाखे हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा गलकोट नगरपालिकाको स्वास्थ्य शाखा, ग्रामीण स्वास्थ्य सुधार परियोजना, गलकोट नगरपालिका- ४ का जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्