कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

काठमाडौं । वीर अस्पतालमा उपचाररत कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।
मेयर नकर्मी मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत थिए । उनको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो । उनको गएराति निधन भएको हो । नकर्मी नेपाली काँग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।