वर्षाको उच्च जोखिम भएपछि भोलि र पर्सी रात्रिकालिन बस नचलाउने निर्णय
काठमाडौं । शुक्रबार र शनिवार अर्थात् असोज ११ र १२ गते रात्रीकालिन बस नचलाउन आग्रह गरिएको छ ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै भोलि र पर्सि रात्रीकालीन बस नचलाउन भनेको हो ।
जल तथा मौसम विज्ञान विभागले आज (असोज १० गते बिहीबारदेखि आगाी आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहने प्रक्षेपण गरेको छ। उक्त अवधिमा सातै प्रदेशका ५६ जिल्लामा उच्च जोखिम रहेको जनाएको छ ।
चार दिन भारी एवं अति भारी मानसुनी वर्षाको उच्च जोखिम रहेकाले शुक्रबार र शनिबार रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।