बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, टिकट काटिसकेको हकमा के हुन्छ ? « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, टिकट काटिसकेको हकमा के हुन्छ ?



काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभरको राजमार्ग अस्तव्यस्त बनेसँगै अग्रिम टिकट बन्द गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला जानकारी दिए ।

त्यसका लागि आज आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द उनले जनाकारी दिए । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

अहिले गाडीहरू बीच बाटोमा नै अलपत्र परेको अवस्था छ । काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । कुनै कुनै ठाउँमा एकतर्फी बाटो खुले पनि दुवैतर्फ सञ्चालन ल्याउन कठिन छ ।

टिकट काटिसकेको हकमा के गर्ने भन्ने विषयमा पनि छलफलबाटै निर्णय हुने उनले बताए ।

बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।

१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।


प्रतिक्रिया दिनुहोस्