नवरात्रिको पाँचौँ तिथीमा स्कन्दमाताको आरधना गरेर के वर पाइन्छ ? « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

नवरात्रिको पाँचौँ तिथीमा स्कन्दमाताको आरधना गरेर के वर पाइन्छ ?



काठमाडौँ । शिव पार्वतीका दुई पुत्र कहलिन्छन्, कुमार कार्तिकेय र श्री गणेश । कार्तिकेय उनीहरुका जेठा सन्तान हुन् । देवी आदिशक्तिले आफ्नो सतीदेवी स्वरुपमा आउँदा महादेवको अपमान सहन नसकेर प्रजापती दक्षको घरमा अग्नी कुण्डमा पसेर ज्यान दिएकी थिइन् ।

त्यसपछि तारकासुर नामक एक दैत्यले ब्रह्मा जीको तपस्या गरेर महाशिव र आदिशक्तिको सन्तालले मात्र आफूलाई मार्न सकोस् भन्ने बरदान लियो । त्यसपछि उसले तीनै लोकमाथि आफ्नो अधिनायकबाद लागू गर्यो भन्ने कथन पुराणहरुमा पाइन्छ । यही कारण आदिशक्ति माता ललिताले पार्वतीको रुपमा हिमालय पर्वतको छोरी बनेर जन्म लिन्छिन् ।

पछि पार्वतीले सन्तानको आकांक्षा राखेपछि उनका पति शिवसँग यौन लिला रच्नै लाग्दा इन्द्र लगायतका देवता आएर शिवका आरधना गर्छन् र शिव शक्तिको समागमबाट सन्तान उत्पादन नहुने प्रत्याभूति लिन्छन् । त्यसपछि शिवले आफ्नो पसिनाको ऊर्जालाई शक्ति स्वरुपा भूमि मातामा अर्पण गर्छन् र कार्तिकेयको जन्म हुन्छ ।

६ शीर भएका यी बालकलाई कृतिका भनिने ६ बहिनी नक्षेत्रहरुले पालन पोषण गरेका कारण यिनको नाम कार्तिकेय भयो । उनी पछि देवताका सेनापति बनेर तारकासुरलाई युद्धमा हराएका थिए र इन्द्रलाई स्वर्ग सुम्पिएका थिए भन्ने कथा पुराणहरुमा पढ्न पाइन्छ ।

यिनै कार्तिकेय कुमार अर्थात् ‘स्कन्द’ को माता बनेकीले आदिशक्ती पार्वतीको यस रुपलाई ‘स्कन्दमाता’ भनिएको हो । यिनलाई देवी दुर्गाको पाँचौं स्वरुप मानिन्छ । यो साल तिथिका हिसाबले चतुर्थी तिथि दुई दिन परेका कारण दशैँ सुरु भएको छैटौँ दिनमा स्कन्दमाताको आरधना गर्नु पर्ने भएको हो ।

ज्यातिष शास्त्रमा कुण्डलीको पाँचौं घरलाई ‘सन्तान र प्रेम’को भाव भनिन्छ । ज्ञानको भाव पनि यही हो । यही कारण स्कन्द माताको आरधनाले ज्ञान र सन्तानको प्राप्ती हुने विश्वास गरिन्छ ।

माताको यस रुपमा परब्रह्म परमेश्वर सुब्रमह्निम स्वामी कार्तिकेय बाल रुपमा माताको काखमा विराजमान हुन्छन् । उनलाई माताले दाहिने हातले आश्रय दिएकी हुन्छिन् । यस रुपपमा मातालाई चार हात र दुई नेत्रवालीका रुपमा वर्णन गरिएको छ ।

दायाँबायाँ दुई हातमा कमलको फूल लिएकी र अर्को एक हात वर मुद्रामा रहेको देखिन्छ । सिंहमाथि आरुढ रहेने यी देवी कमलको फूलमा विराजमान देखिन्छिन् । यही कारण मातालाई ‘पद्मासना’ नामले पनि चिनिन्छ ।

स्कन्दमाताको व्रत गर्नेले श्री गणेश, वरुण, नवग्रह, षोडश मात्रिका (गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, मातर, लोकमातर, धृति, पुष्टि, तुष्टि र आत्मन (कुलदेवता)) र सप्तघृत मात्रिका (ॐ कृत्यै नमः, ॐ लक्ष्म्यै नमः, ॐ धृत्यै नमः, ॐ मेधायै नमः, ॐ स्वाहायै नमः, ॐ प्रज्ञायै नमः, ॐ सरस्वत्यै नमः) को स्थापना गरेर सात सिन्दुर लगाउनु पर्छ ।

स्कन्दमाताको मन्त्रः

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विन ।।

वा

ॐ देवी स्कन्दमातायै नमः ।।

संतान प्राप्तिहेतु जप्ने मन्त्रः

ॐ स्कन्दमात्रै नमः ।।

वा

या देवी सर्वभूतेषु माँ स्कन्दमाता रूपेण संस्थिता।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

ध्यान मन्त्रः

वन्दे वांछित कामर्थेचन्द्रार्घकृतशेखराम् ।
सिंहारूढाचतुर्भुजास्कन्धमातायशस्वनीम्
धवलवर्णाविशुद्ध चक्रस्थितांपंचम दुर्गा त्रिनेत्राम ।।
अभय पदमयुग्म करांदक्षिण उरूपुत्रधरामभजेम्
पटाम्बरपरिधानाकृदुहज्ञसयानानालंकारभूषिताम्
मंजीर हार केयूर किंकिणिरत्नकुण्डलधारिणीम ।।
प्रभुल्लवंदनापल्लवाधरांकांत कपोलांपीन पयोधराम् ।
कमनीयांलावण्यांजारूत्रिवलींनितम्बनीम्घ स्तोत्र
नमामि स्कन्धमातास्कन्धधारिणीम् ।
समग्रतत्वसागर अपरमपार पारगहराम्
शिप्रभांसमुल्वलांस्फुरच्छशागशेखराम् ।
ललाटरत्नभास्कराजगतप्रदीप्तभास्कराम्
महेन्द्रकश्यपाद्दचतांसनत्कुमारसंस्तुताम् ।।
सुरासेरेन्द्रवन्दितांयथार्थनिर्मलादभुताम्
मुमुक्षुभिद्दवचिन्तितांविशेषतत्वमूचिताम्
नानालंकारभूषितांकृगेन्द्रवाहनाग्रताम् ।।
सुशुद्धतत्वातोषणांत्रिवेदमारभषणाम् ।
सुधाद्दमककौपकारिणीसुरेन्द्रवैरिघातिनीम्
शुभांपुष्पमालिनीसुवर्णकल्पशाखिनीम् ।
तमोअन्कारयामिनीशिवस्वभावकामिनीम्
सहस्त्रसूर्यराजिकांधनच्जयोग्रकारिकाम् ।
सुशुद्धकाल कन्दलांसुभृडकृन्दमच्जुलाम्
प्रजायिनीप्रजावती नमामिमातरंसतीम् ।
स्वकर्मधारणेगतिंहरिप्रयच्छपार्वतीम्
इनन्तशक्तिकान्तिदांयशोथमुक्तिदाम् ।
पुनरूपुनर्जगद्धितांनमाम्यहंसुराद्दचताम्
जयेश्वरित्रिलाचनेप्रसीददेवि पाहिमाम्

कवच

ऐं बीजालिंकादेवी पदयुग्मधरापरा ।
हृदयंपातुसा देवी कातिकययुताघ्
श्रींहीं हुं ऐं देवी पूर्वस्यांपातुसर्वदा ।
सर्वाग में सदा पातुस्कन्धमातापुत्रप्रदाघ्
वाणवाणामृतेहुं फट् बीज समन्विता ।
उत्तरस्यातथाग्नेचवारूणेनेत्रतेअवतुघ्
इन्द्राणी भैरवी चौवासितांगीचसंहारिणी ।
सर्वदापातुमां देवी चान्यान्यासुहि दिक्षवैघ्


प्रतिक्रिया दिनुहोस्