भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा, कसरी लगाउने टिका ? « Arthapath.com
१८ कार्तिक २०८१, आईतवार

भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा, कसरी लगाउने टिका ?



काठमाडौं । आज भाइटिका । यपञ्चकको पाँचौ दिन । आफ्ना दिदि बहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाएर भाइटिका मनाइदै छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार मानिन्छ । यसको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउछ्न ।

टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ११.३७ बजेको उत्तम साइतपछी दिनभर टीका लगाउन मिल्छ । समितिका अनुसार यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्नेछ ।

कसरी लगाउने टीका ?

दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान सुपारी, पत्र पुष्प पठाई निम्तो दिइन्छ ।

यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी केही खानु हुँदैन भन्ने चलन छ । टीकाको दिन प्रातकालीन स्नान गरी भक्ति र अनुष्ठानपूर्वक अष्टचिरञ्जीवीको आवाहन गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी हुन् । भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ ।


प्रतिक्रिया दिनुहोस्