स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लेखा समिति सदस्य पक्राउ
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले लेखा समिति सदस्यलाई पक्राउ गरेको छ । सहकारीको लेखा समिति सदस्य काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवालाई प्रहरीले पक्राउ गरेको हो ।
जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको उक्त सहकारीको रकम अपचलनमा संलग्न २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । रकम अपचलतबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।