शिवेन्द्रको खण्डनः ‘सम्बन्ध विच्छेद भएको छैन’
१. प्रकाशित/प्रसारित सामग्रीमा ‘शिवेन्द्रले कसरी सिध्याइदिए अवोध विद्यार्थीहरुको ‘हावामा तैरने’ सपना ?’ भनि मुल शिर्षक दिई लेखिएको छ। तर यथार्थ त्यस्तो होइन ।
हामी परिवारहरु बिचको सल्लाह बमोजिम पारिवारिक व्यवसायका रुपमा बुद्ध एयर लगायत अन्य व्यवसाहरु समेत सञ्चालन गरेकोमा बुद्ध एयरको व्यवसाय सफल भएको र अन्य व्यवसाय हुन नसकी बन्द समेत भएको हो। उक्त व्यवसायहरु मेरा वुबा तथा परिवार समेत कै लगानी भएको व्यवसाय हो। शिवानी एयर फ्लाइङ स्कुल जस्मा मेरा बुबा तथा परिवारको समेत लगानी रही मेरी आमा आशारानी बस्नेतको नाममा दर्ता रहेको थियो। तर उक्त शिवानी एयर फलाइङ स्कुल १५ वर्ष अगाडि नै मुनिन्द्र रन्जितकारलाई पूर्ण रुपमा बिक्री गरी बि.स. २०६६ पुस/माघ तिर नै निजको नाममा सबै शेयर तथा स्वामित्व समेत हस्तान्तरण भई पछि निज मुनिन्द्र रन्जितकारले नै संचालन गरी आएको अवस्थामा बन्द भएको थियो।
२. आमालाई हिरासत भन्ने उपशिर्षकको व्यहोरामा फ्लाइङ स्कुल बन्द गरेपछि शिवेन्द्र बस्नेत अमेरिका हानिए। तर यहाँ बिद्यार्थीको विचल्ली भयो। आमा आशारानीले ‘नखाएको विष लाग्यो’ आफ्नो छोराको अक्षमताको भागिदार बनेर उनले चिसो सिंढीमा दिनरात गुजरारिन, यस घटना पछि सुरेन्द्र आफ्ना कान्छा छोरा प्रति विक्षिप्त भए। आफुले बदमासी गरेर आमालाई हत्कडी लगाउने छोराप्रतिको खुसी होता र ? भनि लेखिएको छ। यथार्थमा आमा हिरासतमा नपरेको तथा बिक्री गरी अरुले संचालन गरी रहेको अवस्थामा बन्द भएको व्यवसायमा जोडी समाचार लेखिएको छ।
३. दोस्रो विवाह लफडा उपशिर्षकको व्यहोरा अदालतबाट निरुपण भै नसकेको विषयको न्यायसम्पादनमा समेत प्रभाव पर्ने गरी लेखिएको छ। उक्त उपशिर्षककोव्यहोरामा पारिवारिक स्रोतका अनुसार रायमाझीले सम्पती मुद्दा हालेपछि आफ्नी (जेठी) श्रीमती अर्चनासँग कानूनी तौरबाट सम्बन्ध विच्छेद गरिसकेका छन्। उनीहरुले करीब दुई वर्ष अधि सम्बन्ध विच्छेद गरेको र त्यो पनि पुरानो मिति (व्याक डेट) राखेको हुनसक्ने पारिवारिक स्रोतको अनुमान छ भनि लेखिएको छ। यथार्थमा म र श्रीमती अर्चना बस्नेत सधै सँगै छौं, न त हामी विच सम्बन्ध बिच्छेदका लागी मुद्दा चलेको नै छ न हामी बिचको सम्बन्ध बिच्छेद नै भएको छ।
४. नक्कली शरणार्थी ! उपशिर्षको समाचार व्यहोरामा नेपालमा आमा आशारानीले प्रहरी हिरासतको दुर्गती भोग्दै गर्दा शिवेन्द्र भने अमेरिका पुगिसेकेका थिए। उनेले अमेरिकामा शरण मागे। नेपालमा आफ्नै परिवार, साझेदारदेखि कर्मचारी र विद्यार्थीहरुसम्मलाई ठगेर अमेरिका पुगेको उनले फर्जी कागजात जुटाएर शरण लिएको उनका निकटवर्ती बताउँछन। उनी अहिले अमेरिकी राहदानी बाहक हुन। तर नेपाल प्रहरीको अभिलेखमा उनी अहिले पनि ‘फरार अभियुक्त’ रहेको बताईएको छ भन्ने सम्मको तथ्यहिन कुरा लेखिएको छ। यथार्थमा म अमेरिका अबैध तिरिकाले गएको नभई तत्कालिन राजनितिको परिस्थितिमा कानून बमोजिमको प्रकृया पुरा गरी बैध रुपमा गई व्यापर व्यवसाय गरी बसेको हो। नेपाल प्रहरीको अभिलेखमा अहिले पनि ‘फरार अभियुक्त’ रहेको बताईएको भनि हुँदै नभएको कुरा लेखिएको छ।
५. बुद्ध सिध्याउने मक्सद उपशिर्षकको व्यहोरामा बुद्ध एयर सिद्धाउन लागि परेको, शिवेन्द्रको एकमात्र उद्देश्य बुद्ध एयरलाई लिक्वीडेसनमा लाने देखिन्छ, सामचारको सुत्रहरुका अनुसार उनी बजारमा आफु बुद्ध एयरको ४० प्रतिशत स्वमित्वको मालिक हूँ भन्छन्। शिवेन्द्रले अब बुद्ध एयरलाई नै भागबन्डा गर्नुपर्ने माग राख्न थालेका छन्। यो कम्पनीलाई लिक्वीडेशनमा लगरे ऊसँग भएका जहाजहरु सेयर स्वामित्वको आधारमा भाग लगाउनु पर्ने र एरलाइन्सलाई नै ‘विभाजन गर्नुपर्ने’ उनको माग रहेको बुद्ध एयरको एक अधिकारीले बताए भनि लेखिएको छ। यथार्थमा मेरो परिवारको बुद्ध एयरमा ४० प्रतिशत शेयर स्वामित्व रही आफ्नो र आफ्नो परिवारको उक्त कम्पनीमा शेरधनिका रुपमा रहेको हक अधिकारको लागी हाल मुद्दा मामिलामा गएको अवस्थासम्म हो न त बुद्ध एयर सिध्याउने कुनै नियत छ न त कुनै मक्सद । सो कानूनी र न्यायीक प्रकृया हो।
नोटः अर्थपथ डटकमले २१ माघ २०८१ मा प्रकाशन गरेको एक समाचार उपर शिवेन्द्रबहादुर बस्नेतले पठाएको खण्डनलाई यहाँ ‘जस्ताको त्यस्तै’ प्रकाशित गरिएको छ । — सम्पादक ।