रवीन्द्र मिश्रलाई छोड्न सर्वोच्चको आदेश « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

रवीन्द्र मिश्रलाई छोड्न सर्वोच्चको आदेश



काठमाडौं । गैर कानुनी रुपमा थुनामा रािखएको ठहर गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

शुक्रबार भएको सुनुवाइपछि सर्वोच्च अदालतले उनलाई हिरासत मुक्त गर्न आदेश दिएको हो । मिश्रकी श्रीमतीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा यस्तो दिएको हो ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो ।

गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस्