चेक अनादर मुद्दामा खुश्बु ओली निर्दोष, सर्वोच्चले पाटनको फैसला उल्टायो

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेतृ खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला उल्ट्याएको छ ।
अब ओली उक्त आरोपबाट सफाइ पाएकी छन् । न्यायाधीश डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले पाटन उच्च अदालतको तीन महिनाको कैद र तीन हजार रुपैयाँ जरिवानाको फैसला खारेज गरेको हो ।
मुद्दा हाल्ने व्यक्तिले आफैंले रकम पाएको पुष्टि गरेपछि ओलीलाई दोषी ठहर गर्ने आधार नरहेको ठहर गर्दै फैसला उल्ट्याइएको हो ।