सुदूरपश्चिम प्रदेशसभाले शुरु गर्यो भिडियो कन्फरेन्स « Arthapath.com
२९ माघ २०७६, बुधबार

सुदूरपश्चिम प्रदेशसभाले शुरु गर्यो भिडियो कन्फरेन्स



काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाले प्रदेशका ८ जिल्लासँग एकै साथ भिडियो कन्फरेन्स गरेको छ । कञ्चनपुरबाहेक ८ जिल्लासँग भिडियो कन्फरेन्स गरेको हो । सभामुख अर्जुनबहादुर थापाले ८ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी भिडियो कन्फरेन्स प्रविधि उद्घाटन गरे । प्रदेश सभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने भएका छन ।

प्रदेश सभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडी मोनिटर, अडियो सिस्टम र २० एमबीपीएसको इन्टरनेट जडान गरिएको छ । प्रदेशसभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा भिडियो कन्फरेन्स हल स्थापना गरेको हो ।


प्रतिक्रिया दिनुहोस्