निजी क्षेत्रसंग लड्दा हड्डीनै खिईसक्यो: मन्त्री बास्कोटा « Arthapath.com
२ फाल्गुन २०७६, शुक्रबार

निजी क्षेत्रसंग लड्दा हड्डीनै खिईसक्यो: मन्त्री बास्कोटा



काठमाडौं । सञ्चार तथा सुचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले निजी क्षेत्रसंग लड्दा हड्डी नै खिईसकेको बताए । विभिन्न स्वार्थी समुहसँग जुध्दैमा सरकारको शक्ति खेर गएको भन्दै मन्त्री वास्कोटाले फेरी सिजि टेलिकमप्रति आक्रामक बनेका थिए ।

शुक्रबारदेखी शुरु भएको प्रभु पे क्यान इन्फोटेक २०२० को उद्घाटन कार्यक्रममा मन्त्री बास्कोटाले सरकार निजी क्षेत्रलाई तहलगाउँदैमा २ वर्ष वितेको बताए ।

निजी क्षेत्रसंग सरकार जहिले पनि समन्वय गर्दै आएको तर निजी क्षेत्र अर्काको कुरा सुनेर सरकारप्रति आक्रोस मात्रै पोखीरहेको उनको दुःखेसो थियो । देशभरि नै प्रविधिको पहँुच पुर्याउने उद्धेश्यले क्यानले आफ्नो भुमीका खेल्नु पर्ने उनले बताए ।

प्रविधिको क्षेत्रमा काम गरिरहेको क्यानलाई आवश्यक पर्ने कानुन निर्माणका लागि संसद तयार रहेको पनि मन्त्री बास्कोटाले बताए । प्रविधिको क्षेत्रमा काम गरिरहेका अन्य देशका सामाग्रीलाई नेपालले कपी मात्रै गरिरहेको र उनले आरोप लगाए ।

निजी क्षेत्रलाई केही तत्वले भाड्न खोजेको भन्दै मन्त्री बास्कोटाले भर्ने सरकारको डिजिटल नेपालको सपनालाई पनि गलत अर्थ लगाइएको छ ।’

क्यान जस्तो संस्थामा पनि चुनाव गराएर समिति गठन गर्नुमा क्यान कै कमजोरी रहेको आरोप लगाए । सबै मिलेर जानुपर्ने ठाउमा सत्ता पक्ष र विपक्ष जस्तै गरेर जाने गरेकाले यो काम निजी क्षेत्रका लागि उपयुक्त नरहेको बताए । क्यानका अध्यक्ष नवराज कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल दुरसञ्चार प्राधिकरणका प्रवन्ध निर्देशक पुरुषोत्तम खनाललगायतको उपस्थिती रहेको थियो । २६ औं क्यान इन्फोटेक २०२० फागुन २ देखी ७ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्