टेलिकमका ३४ लाख फोरजी ग्राहक, बैशाख भित्र सबै स्थानीय तहमा « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

टेलिकमका ३४ लाख फोरजी ग्राहक, बैशाख भित्र सबै स्थानीय तहमा



काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको ४ बर्षमा ३४ लाख ग्राहक पुर्याएको छ । २०७३ बैशाखमा पहिलो पटक पोखरा र काठमाडौंमा फोरजी सेवा विस्तार गरेको टेलिकमले ०७७ को बैशाखसम्म सबै स्थानीयतहमा पुर्याउने तयारी गरेको छ ।

२०७५ माघ २० गते टेलिकमले देशभर फोरजी सेवा पुर्याउने महत्वकांक्षी योजना अघि बढाएको थियो । घोषणापछि टेलिकमले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको थियो ।

दुवै कम्पनीसँग १९ अर्ब लगानीमा एक बर्ष भित्र देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो । तर, अहिले प्रमुख सहरीक्षेत्र तथा महानगरपालिका, उपमहानगर पालिका, नगरपालिकाकामा मात्रै फोरजी पुगेको छ । ग्रामिण क्षेत्रम फोरजीको पर्खाइमा छ । टेलिकमले बैशाखभित्र सबै स्थानिय तहमा फोरजी पुग्ने बताएपनि प्राधिकरणका कर्मचारीहरु भने विश्वस्त छैन ।

टेलिकमले अहिलेसम्म २ हजार बढी साइटका ३ हजार ६ सय ८३ टावरमा फोरजी प्रविधि जडान गरिसकेको तथा २ सय भन्दा बढी नयाँ टावरमा फोरजी सेवा दिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्