स्मार्टफोन “रेडमी ८ए डूअल” नेपालमा सार्वजनिक « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

स्मार्टफोन “रेडमी ८ए डूअल” नेपालमा सार्वजनिक



काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ए सिरिजको अर्को पुनरावृत्ति नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा सार्वजनिक गरेको छ ।
रेडमी ८ए डूअल:देशको दमदार स्मार्टफोन
रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।

रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ ।
६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ । पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबी सम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ ।

रेडमी ८ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कर्निग गोरिला ग्लास ५ र P2i न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्दछ ।

रेडमी ८ए डूअलः सरल विशेषताहरु

रेडमी ८ए डूअल
15.8cm (6.22) 19:9 HD+ Dot Notch display Corning® Gorilla® Glass 5 protection 
13MP primary camera 2MP depth camera
8MP front camera  AI Portrait mode AI Face Unlock
Qualcomm® Snapdragon™ 439  Octa-core, 2.0GHz 
3GB+32GB variants
Dual SIM + dedicated microSD slot (expandable up to 512GB)
5000mAh battery USB Type-C Support for 18W fast charging (10W fast charger in the box)
Wireless FM radio
P2i splash-proof nano-coating
156.48 × 75.41 × 9.4mm 190g

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी रेडमी ए सिरिजका स्मार्टफोनहरुमा सबैका लागि उत्तम प्रविधि उपलब्ध गराउँन निरन्तर केन्द्रित छौं । सन् २०१९ मा शाओमीको वृद्धिका लागि रेडमी ६ए र रेडमी ८ए ले उल्लेखनिय योगदान पु¥याउदै रेडमी ए सिरिज नेपालमा निकै महत्वपूर्ण स्मार्टफोन सिरिज साबित भएको छ । यो नयाँ उत्पादन नेपालका सबै एमआई फ्यानहरुका लागि ल्याउन पाउँदा हामी निकै खुशी छौं र रेडमी ८ए डूअललाई सम्पूर्ण ग्राहकहरु र फ्यानहरुले मन पराउनुहुन्छ भन्नेमा हामी निश्चित छौं ।”
उपलब्धता
ड्ड रेडमी ८ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।
ड्ड ३ जीबी प्लस ३२ जीबी भेरियन्ट रु १२,९९९ मा मार्च २, २०२० (१९ फागुन, २०७६) बाट सबै अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी (Daraz.com.np) र सस्तो डिल (Sastodeal) मा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्