सामसुङ ग्यालेक्सीको ‘एस २०’ र ‘एस २० प्लस’ सार्वजनिक « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

सामसुङ ग्यालेक्सीको ‘एस २०’ र ‘एस २० प्लस’ सार्वजनिक



काठमाडौं । विश्वमा नयाँ नयाँ प्रविधिको आविस्कार हुँदै गएको छ । नयाँ प्रविधिको आविस्कारसंगै मोवाईल फोन पनि एउटा हो । मोवाईल फोनमा नयाँ नयाँ क्लाईन्टहरु थपिँदै गएका छन् । मोवाईन फोन कम्पनिमा अग्रस्थानमा पर्छ सामसुङ । त्यस्तै सामसुङ नेपालले आफ्नो प्रि अडर अफर अन्र्तगत ‘एस २०’ स्मार्टफोन ल्याएको छ ।

सामसुङको यो फ्ल्यागसिप डिभाइसमा नँया परिवर्तन गरिएको छ । जसले गाह्रकलाई थप सहजता प्रदान गर्दछ । नेपालमा फाल्गुन ३० देखि ग्यालेक्सी ‘एस २०’ र ‘एस २०’ प्लस उपलब्ध हुनेछ । साथै प्रि अडर गर्ने उपभोक्ताले मिति अगाडि नै पाउन सक्नेछन ।


सामसुङ मोबाइलका व्यवसाय प्रमुख प्रणय रत्न स्थापितका अनुसार, सामसुङ ग्यालेक्सी सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्न सजिलो बनाएको छ ।

ग्यालेक्सी एस २० सीरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो ।


प्रतिक्रिया दिनुहोस्