हुण्डाई गल्फ आयोजना हुने, बिजेतालाई गाडी « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

हुण्डाई गल्फ आयोजना हुने, बिजेतालाई गाडी



काठमाडौं । नेपालको एक मात्रै हुण्डाई गाडीको एक मात्र बिक्रेता लक्ष्मी ईन्टर कन्टीनेन्टल प्रालिले विगत बर्ष झै यस बर्षपनि हुण्डाई ओपन गल्फ टुर्नामेण्ट २०२० को आयोजना गर्ने भएको ।

उक्त टुर्नामेण्ट ६ र ७ गते गोकर्ण गल्फ क्लबमा हने छ । उक्त ओपेन गल्फ टुर्नामेनट १८ होलमा स्टेबल फेल्ड फम्र्याट र तीन बाई चारमा ह्यान्डीक्यापमा खेलिने छ ।

टुनामेन्टमा नेपालका १ सय ३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त टुर्नामेन्टमा टाईटल विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप, बेस्ट ग्रोस, लेडिज विनर, सिनअर विनर(६० बर्ष माथीको), जुनिअर विनर (१७ बर्ष मुनीको) Hyndai Owners Cstegory Winner, Longest Drive, Closest to the One, Most Birdies Category मा बिजेता घोषित गरिने छ । साथै बिजेतालाई उपहार स्वरुप एक थान Hyndai GRANF i10 (Magna) प्रदान गरिने छ ।

हुण्डाईले विश्वभरि नै गल्फ बिकास र प्रबर्धन गर्ने हेतुले विभिन्न गल्फ टुर्नामेन्टको आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्