सुनचाँदी बैंकमा राखेर ब्याज पाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था « Arthapath.com
२३ फाल्गुन २०७६, शुक्रबार

सुनचाँदी बैंकमा राखेर ब्याज पाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था



कठमाडौं । अव बैंकमा सुन चाँदीको पनि व्याज आन्दानी हुने भएको छ । घरमा थन्क्याइएर राखेका सुन चाँदीको पनि व्याज पाइने भएपछि ग्राहाकलाई थप टेवा पुग्ने भएको छ । नेपाल राष्ट्र बैंकले आफ्ना घरमा भएका सुन चाँदी बैंकमा राखेमा पनि व्याज पाइने कार्यविधि सार्वजनिक गरेको छ ।

बैंकमा सुन राखेर धितोमात्रै लिने यस अघिको व्यवस्था भएपनि अव व्याज समेतच आन्दानी हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप मा व्याज पाइने बताएको छ ।
कम्तिमा २५ ग्रामभन्दा बढि सुन मात्र बैंकमा राखेर व्याज पाइने भएको छ भने १० लाखभन्दा माथीको सुन राखेमा त्यसको स्रोत अनिवार्य खुलाउनुपर्ने पिनर्देशन जारी गरेको छ ।
गत मौद्रिक नितीमै सुनलाई धितोको रुपमा स्वीकार गरी कर्जामात्रै दिने प्रावधानलाई परिवर्तन गर्दै मासिक व्याजपनि दिन लागेको हो ।

सुनको निक्षेप कम्तीमा ३ र बढीमा ५ वर्षका लागी राख्न सकिने व्यवस्था गरेको छ । तर बैंकले सुनको सुद्धता मापन गरेर मात्रै स्वीकार गर्ने जनाएको छ । ग्राहकले बैंकमा सुन जम्मा गर्नुअघि सावाँ सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने पहिले नै बैंकसँग सम्झौता गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्