काठमाडौँबाट धनगढी उडेको जहाज भैरहवा पुग्यो
काठमाडौं । शनिवार साँझ मौसम प्रतिकूलताका कारण धनगढी विमानस्थलमा अवतरण गर्ने जहाज डाइभर्ट भएको छ । काठमाडौंबाट धनगढी आउनुपर्ने जहाज अवतरण हुन असम्भव भएपछि डाइभर्ट गरिएको हो ।
चार बजेर २० मिनेटमा काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरण भएको हो। जहाजमा ५० जना सवार थिए ।