एनसेलकाे नयाँ अफर : नाइट कल र एसएमएस प्याक « Arthapath.com
८ चैत्र २०७६, शनिबार

एनसेलकाे नयाँ अफर : नाइट कल र एसएमएस प्याक



काठमाण्डौ ( एनसेलले १० (कर सहित १२.७७ रुपैयाँ) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकहरुले सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवा पाउने भएका छन् ।

यो प्याक लिनेले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनकालागि सञ्चाालनमाआएको यो प्याक अन्तर्गत पाइने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्म प्रयोग गर्न सकिने र यसको समयावधि २४ घण्टाको हुने कम्पनीले जनाएको छ ।

एस्ट्रिक्स१७११८एस्ट्रिक्स३एस्ट्रिक्स२ह्यास (*17118*3*2#) डायलगरी वा एस्ट्रिक्स१७११८ह्यास (*17118#) डायल गरी तेस्रो विकल्प छानेर यो प्याक लिन सकिन्छ। साथै अंग्रजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याकलिन सकिन्छ ।

आफ्नो आवश्यकताअनुसार ग्राहकले यो प्याकजति पटक पनि खरिद गर्न सक्नेछन् ।

यस प्याकअन्तर्गत उपलब्धहुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक लिएको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् भने ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्