एनसेलले कोरोना सङ्क्रमित पहिचान गर्न सरकारलाई सहयोग गर्ने « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

एनसेलले कोरोना सङ्क्रमित पहिचान गर्न सरकारलाई सहयोग गर्ने



काठमाडौं । एनसेल प्रालीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस सङ्क्रमितहरुको पहिचानमा सहयोग र्पुयाउन बुधबारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको छ ।

यो सर्वेक्षणमा एनसेलका ग्राहकरसर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिति अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् ।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझावसहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ मा एसएमएस प्राप्त हुन्छ । हटलाइन नम्बरमा कोरोना भाइरससम्बन्धी चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।

यदि सर्वेक्षणमा भाग लिएको कोहीमा सङ्क्रमणको आशङ्का भएमा तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएसमार्फत सुझाव दिइन्छ । यसरी सङ्क्रमणको शङ्का गरिएकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ । सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनु रहेको एनसेलले जनाएको छ ।

‘कोरोना भाइरसविरुद्धको हाम्रो यो सामूहिक लडाइँका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिबद्ध छौँ । हाम्रो पूर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहकमाझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफूमा कोराको जोखिम भए÷नभएको आफै थाहा पाउन मद्दत गर्छ । सरकारलाई यस डाटाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ । यस विपद्को घडीमा हामी सबैले आ–आफ्नोतर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ, गर्नुपर्दछ र हामी आफ्ना एक करोड ७० लाखभन्दा बढी ग्राहक र साझेदारको सुस्वास्थ्यको लागि हामी प्रतिबद्ध छौँ‘, एनसेलका प्रमुखकार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

पहिलो पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मा पूर्व तथा सुदूरपश्चिममा पनि सुरु गरेको थियो । यही सर्वेक्षणका आधारमा प्रत्येक उत्तरदातालाई उसकोे स्वास्थ्य अवस्था अनुसार अपनाउन पर्ने उपयुक्त सल्लाहसहितको एसएमएस पठाइएको थियो र निःशुल्क सरकारको हेल्पलाइन र एनसेलको हटलाइनबाट डाक्टरसँग कोरोना भाइरससम्बन्धी परामर्श लिन सकिनेबारे जानकारी गराइएको थियो । विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाइसकेको छ ।

एनसेलले सरकारकोे कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ पनि दिइसकेको छ । यो सहयोगले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०, स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वरण्टीनका साथै सङ्क्रमित बिरामीको उपचारमा उपयोग पुग्ने एनसेलले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्