ब्यालेन्स सकिए पनि नेपाल टेलिकमको निःशुल्क सेवा « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

ब्यालेन्स सकिए पनि नेपाल टेलिकमको निःशुल्क सेवा



काठमाण्डौ । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।

टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्