शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक



काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थप्ने घोषणा गरेको छ । यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको छ । यो सिरिज वास्तविक मी फ्यानहरुका लागि निर्मित गरिएको हो र हामी आशा गर्दछौं कि उनीहरुले औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई सरहाना गर्नेछन् किनकी हामी उत्कृष्ट विशेषताहरुका साथ उच्च गुणस्तरका उत्पादनहरु सुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेका छौं ।

हामीले पहिलो पटक मी पावर बैंक २आईको साथ ब्राण्डको नयाँ कोटीमा पावर बैंक भित्र्याउन पाउँदा निकै खुशी छौं । हामी नेपालका मी फ्यानहरुले सुलभ मुल्यमा उच्च गुणस्तर प्रविधिको मज्जा उठाउन भन्ने चाहन्छौं र लामो समयदेखि देशमा पावर बैंकको बढ्दो बजारलाई अवलोकन गरेर हामीले पावर बैंकको नयाँ लाइनमा मी को पावर बैंक ल्याउने निर्णय गरेका छौं ।”

रेडमी नोट ९ प्रो म्याक्स प्रो क्यामेरा, अधिकतम प्रदर्शन
शाओमीको बेस्ट सेलिङ्ग सिरिज रेडमी नोटले प्रो म्याक्स भेरियन्ट ल्याएको छ जसले पहिलो पटक सेगमेन्टमा प्राविधिक नवीनतालाई अगाडि धकेलेको छ ।


प्रतिक्रिया दिनुहोस्