प्रभु ग्रुपले ईन्टरनेटमा हातहाल्यो, सेवा र क्षेत्र विस्तारमा आक्रामक बन्दै « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

प्रभु ग्रुपले ईन्टरनेटमा हातहाल्यो, सेवा र क्षेत्र विस्तारमा आक्रामक बन्दै



काठमाडौं । बैंकिङ विमा, रेमिटेन्स लगायत क्षेत्रमा बजारमा सेवा दिईरहेको प्रभु समुहले बजारमा प्रभु इण्टरनेट सञ्चालनमा ल्याएको छ ।

प्रभु समुह अन्तर्गत रहेको प्रभु डिजिटलले नेपालमा नयाँ सेवा दिने भएको हो । प्रभु डिजिटल अन्तर्गत रहेर प्रभु टिभीले बजारमा छोटो समयमा नै आफ्नो वर्चस्व कायम गरिरहेकै बेला कम्पनिले फेरि प्रभु नेट बजारमा ल्याएको छ । हाल चलनचल्तिमा रहेका इण्टरनेट सेवा प्रदायक कम्पनिहरुको भन्दा सस्तो र गुणस्तरिय सेवा दिने कम्पनिले दावी गरेको छ ।

प्रभु टिभीले नेपालमा आईपीटीभी, ओटीटी र डीभीबी टी २ सेवा प्रदान गर्दै आएको भएपनि अव प्रभु नेट सञ्चालनमा आएको हो ।

कम्पनीले विश्वको सर्वश्रेष्ठ अप्टिकल फाईबर प्रविधिबाट ईन्टरनेट सेवाप्रदान गर्ने भएको छ । प्रभु नेटले घरायसी प्रयोजनको साथ साथै बिभिन्न कर्पोरेट कार्यालयमा पनि आफ्नो सेवा र सुबिधा दिने भएको छ ।

कम्पनिले पहिलो चरण अन्तर्गत काठमाडौं, पोखरा र चितवनमाकाम एकैसाथ काम शुरु गरिसकेको छ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा कम्पनिले देशका सातै प्रदेशमा आफ्ना सञ्जाल विस्तार गर्ने कम्पनिले अर्थपथलाई जनाएको छ ।

त्यस्तै कम्पनिले दशै तिहार पर्वलाई लक्षितगरि विशेष अफर दिने छ । त्यसको जानकारी पाउनको लागित पाईले अर्थपथ डट कम हेर्दै गर्नुहोला । प्रभु समुहले बजारमा जुनसकै सेवा ल्याए पनि सफलता पाएको छ । त्यस्तै प्रभु नेटले पनि सफलता पाउने विश्वास लिएको कम्पनिको छ ।


प्रतिक्रिया दिनुहोस्