एनसेल अब पब्लिक कम्पनी, सर्वसाधारणलाई आईपीओ जारी गर्ने « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

एनसेल अब पब्लिक कम्पनी, सर्वसाधारणलाई आईपीओ जारी गर्ने



काठमाडौं । एनसेलले सर्वसाधरणलाई आईपीओ जारी गर्न सक्ने गरी बाटो खुलेको छ । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल पब्लिक कम्पनीमा गएसँगै सर्वसाधारणलाई आईपीओ जारी गर्ने बाटो खुलेको हो ।

एनसेललाई पब्लिक कम्पनीमा रुपान्तरण हुनैपर्ने बाध्यकारीखालको कानुन बनेपछि उसले प्रक्रिया सुरु गरेको हो । यसअघि कम्पनी ऐनले ५ करोड अर्बभन्दा बढी पुँजीको कम्पनीहरू अनिवार्यरुपमा पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था गरेको थियो । तर, उसले कानुनमा लेखेको बिषय कार्यान्वयन गर्न पनि ढिलाई गरिरहेको थियो ।

एनसेलसगै अब अन्य दूरसञ्चार कम्पनीहरू पनि पब्लिक कम्पनीको रुपमा परिवर्तित हुनुपर्ने व्यवस्था छ । यी कम्पनीहरू आईपीओ पनि निष्काशन गर्नुपर्ने हुन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबार एनसेललाई पब्लिक कम्पनीमा परिणत गर्न अनुमति दिएको छ । एनसेल पब्लिक कम्पनीमा परिणत भएसँगै एनसेल प्रालिको नाम परिवर्तन भई एनसेल अजियटा लिमिटेड भएको छ । कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ । एनसेलको चुक्ता पुँजी १) करोड रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्