कोरोना महामारीकै विच ४ अर्बको मोबाइल फोन आयात « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

कोरोना महामारीकै विच ४ अर्बको मोबाइल फोन आयात



काठमाडौं । कोरोना महामारीकै विच गएको साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँ बराबरको मोवाइल फोन आयात भएको छ ।


मोबाईल फोनको आयात बढेपनी औषधिको आयात भने न्युन रहेको भन्सार विभागले अर्थपर्थलाई जानकारी दिएको छ ।


गएको साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको थियो । यी मोवाइल खरिद गर्दा ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँ बाहिरिएको विभागले जनाएको छ ।
गत वर्षको साउन महिनामा दुई अर्ब ४१ करोड रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको थियो । यस वर्ष मोबाइल आयात बापत सरकारले ६७ करोड ५० लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्