आइएमईले पुर्याउँदै छ घर–घरमा नै रेमिटेन्सको सुविधा « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

आइएमईले पुर्याउँदै छ घर–घरमा नै रेमिटेन्सको सुविधा



काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिका बीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्टपार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्तबनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ ।

नयाँ सुविधा अन्तर्गत आफुलाई स्वदेश वाविदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पेवालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सक्नु हुनेछ । यदि तपाईंलाई पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सक्नु हुनेछ । त्यसका अतिरिक्त ‘नियर बाइएजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सक्नु हुनेछ । यी सवै सुविधा प्राप्तगर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ ।

आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकमयसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।
भौतिक दूरी कायम गरी समुदाय स्तरमा कोभिड–१९ रोग नफैल्ययाउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै, तर त्यसलाई कसरी प्राप्तगर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्य पनि पर्न जान्छ । यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध गराउनु हुनेछ।

परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद् लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।

यसरी डिजिटल प्रणालीबाट विदेशबाट आएको रकम सुरक्षित रूपमा आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने प्रावधान प्रदान गर्ने आइएमई पहिलो र सबैभन्दा सुरक्षित माध्यम पनि हो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यसकम्पनीले सेवा शुभारम्भको २० औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।करिव १० लाखको संख्यामा डाउनलोड भएको आइएमई पे मोबाइल एपबाट पनिअव सजिलैसँग रेमिटेन्स सेवाप्राप्तगर्न सकिने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्