एनआईसी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’ सेवा,सातै प्रदेशकाले यसरी लिनुहोस सेवा ? « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

एनआईसी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’ सेवा,सातै प्रदेशकाले यसरी लिनुहोस सेवा ?



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको जोखिमलाई मध्यनजर गदै अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एन आई सी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’ सेवा संचालनमा ल्याएको छ ।

यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल/इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा iServe को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन ।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहक महानुभावहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्नेछन ।

यसका लागि ग्राहकहरूले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै उपलब्ध आइभिआर पद्धतिद्वारा ग्राहकहरूले निम्नलिखित सेवाका लागि सम्बन्धित अधिकारीसँग कुरा गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंतिमा उभिएर ग्राहकहरुको सेवामा सहयोग गर्न निम्नलिखित ग्राहक सहायता केन्द्रको स्थापना गरेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले ग्राहकहरूको जिज्ञासा तथा गुनासो व्यवस्थापन गर्नका लागि भर्खरै आफ्नो मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा ‘Customer Care’ को समेत सुरुवात गरेको छ ।

उक्त एप भित्र Customer Care आइकनमा ट्याप गरेपश्चात् च्याटबटमार्फत विभिन्न सेवाहरू बारे विस्तृत जानकारी प्राप्त गर्न सकिने, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क गरी बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सकिने, गुनासो टिकटमार्फत जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्ने, Video Tutoria मा बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो हेर्ने, ईमेल सुविधामार्फत ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सकिने रFAQs अध्ययन गरेर ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन सकिने विशेषताहरू रहेका छन् ।

बैंकको मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्