अरुण भ्याली हाइड्रोको नाफा २१.६७ प्रतिशत बढ्दा विद्युत विक्री आम्दानी २२.२९ प्रतिशतले घट्यो

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २१.६७ प्रतिशत बढेर ७ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा ५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको विद्युत विक्री आम्दानी २२.२९ प्रतिशतले घटेर ४ करोड २५ लाख रुपैयाँ आर्जन गरेका छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्री आम्दानी ५ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी ४ करोड ९२ लाख रुपैयाँबाट बढेर ६ करोड ८२ लाख पुगेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कमपनीको जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ ।