‘मेरो सेयर’ को पासवर्ड रिसेट गर्न मिल्ने « Arthapath.com
४ भाद्र २०७८, शुक्रबार

‘मेरो सेयर’ को पासवर्ड रिसेट गर्न मिल्ने



काठमाडौं । मेरो सेयरको पासवर्ड बिर्सेमा आफैँ रिसेट गर्न सकिने भएको छ । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा प्रयोगकर्ताले आफैँ पोर्टलको पासवर्ड रिसेट गर्न सकिने सुविधा कार्यन्यनमा ल्याएको हो ।

मेरो सेयरमा फरगट योर पासवर्ड अप्सन थपेसँगै प्रयोगकर्ता अब आफैँले पासवर्ड रिसेट गर्न मिल्ने भएको हो । यससंगै अव लगानीकर्ताहरुलाई पासवर्ड बिर्षेमा रिसेटका लागि सम्बन्धित डीपीमा आग्रह गर्नुपर्ने बाध्यता हटेको हो ।

अब पासवर्ड बिर्सेमा प्रयोगकर्ताले मेरो सेयरमा उपलब्ध ‘फरगट योर पासवर्ड’ अप्सनमा गएर आफ्नो डीपी, युजर नेम, ई–मेल आईडी र जन्म मिति राखेर पठाउनुपर्ने हुन्छ। त्यसपछि ई–मेलमा सीडीएससीबाट प्राप्त निर्देशनका आधारमा प्रयोगकर्ताले मेरो सेयरमा पासवर्ड रिसेट गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्