डिश मिडिया नेटवर्क र क्यानबीच प्रत्यक्ष प्रशारण गर्ने सम्झौता सम्पन्न « Arthapath.com
२८ भाद्र २०७८, सोमबार

डिश मिडिया नेटवर्क र क्यानबीच प्रत्यक्ष प्रशारण गर्ने सम्झौता सम्पन्न



काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) र डिश मिडिया नेटवर्क लिमिटेड विच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय CWC League2, Tri Nations Series को प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त CWC League2, Tri Nations Series का छ वटा Match हरु भाद्र २८ गते देखि असोज ४ गते सम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

जस अन्तर्गत हुने खेलहरु निम्न अनुसार हुने छ

नेपाल र अमेरिका विच भाद्र २८ गते, ओमान र नेपाल विच भाद्र २९ गते, ओमान र अमेरिका विच भाद्र ३१ गते, नेपाल र अमेरिका विच असोज १ गते, ओमान र नेपाल विच असोज ३ गते र ओमान र अमेरिका विच असोज ४ गते खेल हुने छ ।

सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४:१५ बजे ओमानको AL Amerat Cricket Stadium , Muscat af6 बाट प्रत्यक्ष प्रशारण हुने छ ।


प्रतिक्रिया दिनुहोस्