विण्डोज ११ औपचारिक रुपमा शुरुआत, कसकसले पाउँछन् अपडेट गर्ने सुविधा ? « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

विण्डोज ११ औपचारिक रुपमा शुरुआत, कसकसले पाउँछन् अपडेट गर्ने सुविधा ?



कम्प्युटरको अपरेटिङ सिस्टम ‘विण्डोज’को नयाँ संस्करण सार्वजनिक भएको छ । विश्वकै सर्वाधिक धनिमध्येका एक बिल गेट्सको कम्पनी ‘माइक्रोसफ्ट’ले बुधबार ‘विण्डोज ११’ सार्वजनिक गरेको छ । अहिले ‘विण्डोज १०’ चलाइरहेका उपभोक्ताले अब क्रमशः नयाँ संस्करणमा स्तरोन्नती गर्न पाउने छन् ।

माइक्रोसफ्टले संसारभरका ग्राहकलाई निःशुल्क ‘विण्डोज अपडेट’ गर्ने सुविधा दिइएको बताएको छ । नयाँ भर्सनमा कम्प्युटर चलाउने मानिसहरुले सफा र ताजा महसुस गर्ने विण्डोजका चिफ प्रडक्ट अफिसर पानोस पानेलले बताएका छन् ।

माइक्रोसफ्टले सन् २०१५ को जुलाईमा विण्डोज १० ल्याएको थियो । यसअघि विण्डोज १० कै १२ ओटा भर्सन ल्याएपछि विण्डोज ११ लञ्च गरिएको हो । हालै लञ्च भएको विण्डोज ११ लाई माइक्रोसफ्टले ‘सन भ्याली’ भन्ने कोड नाम दिएको छ । यसमा संसरभरका ११० भाषा प्रयोग गरिएको कम्पनीले बताएको छ ।

३६ वर्षअघि ‘इण्टरफेस म्यानेजर’ भनिने ‘विण्डोज १’ बाट शुरु भएयता विभिन्न ४० पटक थुप्रै संस्करणमा माइक्रोसफ्टले अपरेटिङ सिस्टमलाई स्तरोन्नती गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्