डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक



काठमाडौं । डिशहोम फाईबरनेटले डाइनामिक कम्बो प्याक (Dynamic Combo Pack Offer) अफर अन्तर्गत ४० Mbps ईन्टरनेट बार्षिक मात्र १२ हजार ९९९ रुपैयाँमा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउउनेछन् ।

यो सुविधा २५ Mbps वार्षिक ११ हजार ५०० रुपैयाँमा पनि लिन सक्ने कम्पनीले जनाएको छ । साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेका छन् । फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbps सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्