धनगढीमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन

काठमाडौं । धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ ।डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरीएको हो । सो सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ ।
सोरुम उद्घाटन, डिशहोमका तर्फवाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
१ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको कृष्ण ईन्टेरप्राईजेजले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने कृष्ण ईन्टेरप्राईजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।