एनपीसिआई तथा मनम इन्फोटेकसँग युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल संचालनका लागि सम्झौता « Arthapath.com
५ फाल्गुन २०७८, बिहीबार

एनपीसिआई तथा मनम इन्फोटेकसँग युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल संचालनका लागि सम्झौता



काठमाडौं । यस गेटव पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्ट प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल संचालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्द बिद्युतिय भुक्तानीका सन्जाल संचालन र भारतबाट बिभिन्न भुक्तानी सेवा प्रदायक (जस्त पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपाल स्थित कुन पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्न व्यबस्था गर्न लागिएको हो । साथै यस सेवाका सुरुवात सँगै भारतियहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्न र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्न जानकारी गराउन चाहन्छौ । प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसिआईले भारतमा सन्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गद जान व्यहोरा जानकारी गराउन चाहन्छौ ।

उक्त सम्झौतामा, नेपाल राष्ट बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त यस कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान साथ भारतमा भुक्तानीका सन्जाल युनीफाईड पेमेन्ट इन्टरफेस स्वयमल सफलताका साथ सन्चालन गरिरहेको र भारतीय रिजव बैंकद्वारा प्रवर्दित एनपीसिआइ इन्टरननेसनलका तफ बाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकइङ तथा भुक्तानी सेवामा लामा अनुभव रहेका भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेक का तर्फबाट निर्देशक नागाबाब रामिनेनीले हस्ताक्षर गरेका छन् ।

अन्तरआबद्दता तथा मोबाइल फस्ट प्रबिधीमा आधारित भुक्तानीका सन्जाल युपिआई भारतमा एनपीसिआईद्वारा सन्चालनमा रहेका र त्यसले भारतका बिद्युतिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपालले बिद्युतिय भुक्तानीलाई अर्को श्रेणीमा लैजान र नेपाललाइ नगदरहित समाजमा रुपान्तरण गन ठुलो टेवा पुर्याउन कुरामा विश्वस्त रहेका जानकारी गराउन चाहन्छौं ।

२१औं शताब्दिमा विश्वभरी डिजिटल प्रविधिका माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुका उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेका छ । बैकिङ्ग प्रणालीमा प्रविधिका उपयोग गराई नेपाललाइ विश्व मापदण्ड अनुरुपका सेवा प्रवाह गराउन सन्दर्भमा नेपाल राष्ट बैंकका गर्भनर महाप्रसाद अधिकारीज्यूबाट नेपाललाइ “नगदरहित अर्थतन्त्र” तर्फ लैजान चलाईरहनु भएका वृहत अभियान र नेपाल सरकारका डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अंगिकार गरी यस कम्पनीले अन्तरराष्ट्रिय कारोबार सहितका यूडिपी नेपाल प्रणाली सञ्चालन गन गईरहेको कुरा जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्