फोर्स गुर्खा ४x४x४ टेष्ट ड्राईभ क्याम्पियन पोखरामा सम्पन्न

काठमाडौं । फोर्स गुर्खा ४x४x४ को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिताका साथ २०७८ फाल्गुन २२ गते सम्पन्न भएको छ ।
नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा टेष्ट ड्राईभ क्याम्पियन गरेको थियो ।
सो अवधिमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेष्ट ड्राईभ गरेका थिए । अफरोड भेईकल भएकोले टेष्ट ड्राईभ क्याम्पियनलाई अझ प्रभावकारी वनाउनको लागि कम्पनीले अफरोड ड्राईभ ट्रयाकको समेत ब्यबस्था गरेको थियो ।
टेष्ट ड्राईभ क्याम्पियनमा सहभागी ग्राहक महानुभवहरुको फोर्स गुर्खा ४x४x४ प्रतिको आकर्शकता वृद्धी रहेको जानकारी गाएका छन् ।
यस टेष्ट ड्रईभ क्याम्पियन पश्चात छिट्टै नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।