टेलिकमको होलिको अफरः ९८ रुपैयाँमा ६ जीबी, २९४ रुपैयाँमा २० जीबी डाटा « Arthapath.com
२ चैत्र २०७८, बुधबार

टेलिकमको होलिको अफरः ९८ रुपैयाँमा ६ जीबी, २९४ रुपैयाँमा २० जीबी डाटा



काठमाडौं । मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर सार्वजनिक गरेको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा १ एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।


प्रतिक्रिया दिनुहोस्