नेपाल टेलिकमको ‘डाटा र भ्वाइस’ प्याक सुविधाहरु नमस्ते पे एपबाट सुचारु

काठमाडौँ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा र भ्वाइस “ प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याकेजहरू खरिद गर्न सक्नेछन् ।
नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्नेछन् । एनडिपिसि नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धिधत भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी यूएसएसडि मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । सो प्रयासमा स्मार्ट क्युआर संग गरिएको सेवाको शुरुवात एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने एनडिपिसिको विश्वास रहेको छ