सिप्रदी र टाटा मोटर्सको मेकानिक प्रतिस्पर्धा कार्यकममा उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

काठमाडौं । सिप्रदी अटोपार्टस् प्रा. लि.र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरीमा मेकानिकहरुको प्रतिस्पर्धा कार्यकम राखेको थियो । १२०० भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाडौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन । प्रतियोगिता लिखित र मौखिक २ चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
टाटा मोटर्स्का सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसंभार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका अघि बढाएको हो । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको हो । तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धी गराउदै पनि आएको छ । टाटा गुरुहरुको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रा. लि. का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउछन् । साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने कुरा उनी बताउछन् ।
उक्त कार्यक्रममा सहभागी सम्पुर्ण मेकानिक्सहरुले टाटा मोटर्स्ले उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी रहेको कुरा बताएका छन् ।