पठाओले ‘ल्यायो कवच’ अभियान सञ्चालनमा (के–के छन् सुबिधाहरु) « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

पठाओले ‘ल्यायो कवच’ अभियान सञ्चालनमा (के–के छन् सुबिधाहरु)



काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालका अनुसार ५ वटा सुविधाहरू सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको जानकारी दिएकी छन् ।

‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा बीमाद्वारा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेका छन् ।

पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिने व्यवस्था रहेको छ ।

पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आईहालेमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने छ । पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुने भएकोल राइड कता गइरहेको छ भनि आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर जानकारी गराउन सकिने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्