सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा



काठमाडौं । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सञ्चालनमा ल्याएको हो ।
यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका १ लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने व्यवस्था रहेको छ । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरि भुक्तानी गरेमा १५% वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।
यसै गरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिएको छ । स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरूले संयुक्त रूपमा जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्