रियलमी ९प्रो ५जि र रियलमी सि३० नेपाली बजारमा, यस्ता छन् विशेषता « Arthapath.com
५ भाद्र २०७९, आईतवार

रियलमी ९प्रो ५जि र रियलमी सि३० नेपाली बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५ जि रियलमी सि ३० लन्च गरेको छ ।

लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले,“ यो हाम्रो लागि एक दमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो । बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।

रियलमी ९ प्रो ५ जि
इन्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइन युक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली ५ जि चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआइ भर्जन ३.० रहेको छ ।
यसमा ५ जि प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर क्ल Snapdragon 695 5Gन्रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ।क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ एमपिको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।
५००० mAh को शक्तिशाली ब्याट्रि भएको यो रियलमीढप्रोछन्स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
अरोरा ग्रिन र सनराइज ब्लुमा ८÷१२८ जिबिको स्टोरेज क्षमता सहित उपलब्ध यसको मुल्य रु.३८,९९९ रहेको छ ।

रियलमी सि ३०
एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सि ३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै, यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ । यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्का मध्यको एक हो। यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा ८ एमपिको छ भने अगाडिको क्यामरा ५ एमपिको छ। शक्तिशाली ५००० mAh को ब्याट्रिको साथमा प्रयोगकर्ताहरुले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।
यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २÷३२ र ४÷६४ को स्टोरेजमा उपलब्ध छ । २÷३२ को मुल्य रु.१४,४९९ छ भने ४÷६४ को रु.१९,९९९ रहेको छ। रियलमी सि ३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा भाद्र५ गतेबाट उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्