वर्ल्डलिंकको नयाँ अफर : १०५० रूपैयाँमा राउटर र २०० एमबीपीएस इन्टरनेट

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा “वर्ल्डलिंक फेस्टिभिटि” अफर ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु पउन सक्नेछन् । पहिलो प्याकेज फास्ट अफर अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डवल ब्यान्ड राउटर र दुई सय दउक इन्टरनेट सेवा पाउन सक्नेछन् ।
२ राउटर प्याकेज अन्तर्गत मात्र १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुल नोकिया बिएकन १.१ मेस राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरनेटका साथै अटुट कनेक्सन सहितको दुई सय दउक इन्टरनेट पाउन सक्नेछन् ।
सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने “क्mबचत इााभच” अन्तर्गत मात्र १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) नोकिया बिएकन १.१ मेस राउटर, दुई सय दउक को इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक एनईटिटिभि मात्र एक सय ५० रुपैयाँमा पाउन सक्नेछन ।
यो अफर एक वर्ष, छ महिना वा तीन महिनाको प्याकेजहरुमा उपलब्ध हुनाका साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि लागु हुनेछ ।
यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेट संगै भ्यालु एडेड सर्भिस पनि दिदै आएको छ । जस अन्तर्गत वाइफाइ एक्स्प्रेस द्वारा देश भर १४ हजार रुपैयाँ भन्दा धरै वाइफाइ हटस्पोटस् मा फ्रि वाइफाइ दिईरहेको छ । साथै २ राउटर द्वारा सेवा अवरुद्ध भएको दुई घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा दुई दिन इन्टरनेट सेवा निःशुल्क पाउनेछन् ।