चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट « Arthapath.com
२ आश्विन २०७९, आईतवार

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट



काठमाडौँ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमितकुमार पंडाले भने,“नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशालिएका छौँ ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १००० रुपैँया र रेडमी नोट १२ सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमितअवधि को लागिअसोज २ गते देखि १७गते सम्म लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्