ट्वीटरका ३७ सय जनाको रोजगारी गुम्ने

काठमाडौं अर्बपति इलन मस्कले ट्वीटरका आधा कर्मचारी कटौती गर्ने भए पछि करिब ३ हजार ७ सय जनाको रोजगारी गुम्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार ट्वीटरको खर्च घटाउने उद्देश्यले करिब ३७ सय जना अर्थात् कम्पनीका आधा कर्मचारीहरु कटौती गर्ने मस्कले योजना बनाएका छन् ।
ट्वीटरका नयाँ मालिक मस्कले शुक्रबार (नोभेम्बर ४) मा प्रभावित कर्मचारीहरुलाई सूचित गर्ने ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ । मस्कले ट्वीटरको हाल कायम जुनसुकै स्थानबाट पनि काम गर्न सकिने नीतिलाई उल्ट्याउने बताइएको छ ।