एक कम्पनीले पठायो सम्वन्धित सेयरधनीको खातामा ४० प्रतिशत लाभांश, तपाईकोमा आयो ? « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

एक कम्पनीले पठायो सम्वन्धित सेयरधनीको खातामा ४० प्रतिशत लाभांश, तपाईकोमा आयो ?



काठमाडौं । नेपाल दुरुसञ्चार कम्पनीले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरी दिएको छ । कम्पनीको पुष २८ गते सम्म वार्षिक साधारण सभाले पारित गरेको ४० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको हो ।

कम्पनीले उक्त लाभांश पुष १७ गते सम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गरेको हो ।

हालसम्म पनि शेयर अभौतिकरण नगराएका शेयरधनीले निक्षेप सदस्यकोमा गई हितग्राही खाता खोलि आफ्नो शेयर यथाशिघ्र अभौतिकरण गराउनु पर्नेछ । अद्यावधिक गराएपछि मात्र नगद लाभांश सम्बन्धीत खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्