फोजि ७३९ स्थानीय तहमा पहुँच, फाइभजीको परीक्षण गर्न कार्य जारी « Arthapath.com
२२ माघ २०७९, आईतवार

फोजि ७३९ स्थानीय तहमा पहुँच, फाइभजीको परीक्षण गर्न कार्य जारी



काठमाडौं । नेपाल टेलिकमले वायरलेस ब्रोडव्याण्ड अर्थात् 4G/LTE सेवाको देशव्यापी विस्तार गरिरहेको जनाएको छ । कम्पनीले आफ्नो १९ औं वार्षिकोत्सबमा वायरलेस ब्रोडव्याण्ड हालसम्म ७७ जिल्ला तथा ७३९ स्थानीय तहमा यसको पहुँच पुगेको बताइएको हो ।आयोजनाको २८ प्रतिशत कार्य पूरा भइसकेको छ ।

कम्पनीले दुरसंचार सेवालाई अझै वढी सर्वसुलभ तथा गुणस्तरीय बनाउदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिँदै आइरहेको जनाएको छ ।

4G/LTE नेटवर्क विस्तारसँगै 4G डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ प्रविधिका रुपमा e-SIM को देशव्यापी वितरण गरिरहेका छौं । डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडव्याण्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी/ एलटीई सेवा विस्तार भएसँगै VoLTE की प्रयोग उल्लेख्य रूपमा वृद्धि भएको छ भने VoWIFI सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरूप परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । मुलुकभर सेवा विस्तार, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको छ ।

5G तर्फ उपकरणहरुको जडान गरी फाइभजीको परीक्षण (Trial) जारी रहेको छ । जिएसएम प्रविधि अन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिक रूपमा नै फरक Architecture बाट सञ्चालन हुने भएकोले भविष्यमा फाइभजीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरणहरु Compatible हुने/नहुने, स्तरोन्नती गर्नु पर्ने/नपर्ने विस्थापन गर्नु पर्ने/नपर्ने आदि विश्लेषण गर्ने कार्य पनि भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्