क्यान इन्फोटेकमा एनसेल र नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्दै

काठमाडौं । दुई सेवा प्रदायक कम्पनीहरूले निःशुल्क सिम वितरण गरी रहेका छन् । भृकुटीमण्डपमा जारी २८औं क्यान इन्फोटेक–२०२३ मा एनसेल र नेपाल टेलिकमले निःशुल्क सिम वितरण गरी रहेका हुन ।
उक्त सिम प्राप्त गर्नेका लागि ग्राहकहरुले सम्बन्धीत पहिचान खुल्ने कागजात (नागरिकता, लाइसेन्स, प्यान नम्बरको फोटोकपी र एउटा फोटो दिनु पर्नेछ ।
साथै, सोहि प्रदर्शनीमै टेलिकम प्रयोगकर्ताले हाल प्रयोग गरिरहेको सिमलाई निःशुल्क ई–सिममा अपग्रेड गर्न सक्नेछन् । साथै नयाँ ई सिम पनि प्राप्त गर्ने सकिनेछ ।
माघ २४ गतेदेखि माघ २९ गतेसम्म चल्ने क्यान इन्फोटेक प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।
साथै, सो प्रर्दशनिमा कम्प्युटर तथा ल्यापटपको विभिन्न अतिरिक्त सामग्रीहरू (एसेसोरिज) बिक्री गर्दै आएको जियो नेपालले यतिबेला निःशुल्क ल्यापटप सर्भिसिङ सेवा उपलब्ध समेत रहेको छ ।