नेपालमा सार्वजनिक भयो भिभोको नयाँ स्मार्टफोन, भिभो किन्दा बुलेट बाइक जित्ने मौका « Arthapath.com
१८ आश्विन २०८०, बिहीबार

नेपालमा सार्वजनिक भयो भिभोको नयाँ स्मार्टफोन, भिभो किन्दा बुलेट बाइक जित्ने मौका



काठमाडौं । भिभोको नयाँ स्मार्टफोन भी२९ फाइभजी नेपाली बजारमा सार्वजनिक भएको छ । भिभोले फ्ल्यागशिप भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन बिहीबार एक समारोहका बीच सार्वजनिक गरेको हो ।

भि२९ फाइभजी आधुनिक डिजाइन र स्मार्ट लुक्स भएको स्मार्ट फोन हो । बिहीबार सार्वजनिक भएसँगै नेपालभर उपलब्ध हुने छ । भि२९ फाइभजमिा १२०हर्ज थ्री डी कर्भ स्क्रीन, औरा लाइट पोर्ट्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरू रहेका छन् ।

यो फोन डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको छ । यो पिंक ब्लू र नोबेल ब्ल्याक गरि दुर्य कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा ५०एमपी ओआईएस अल्ट्रा(सेन्सिङ क्यामेरा, एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८ जी प्रोसेसर रहेको छ जसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज व्याट्री छ । यसको नेपाली मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भिभो किन्दा बुलेट बाइक जित्ने मौका

भिभोले नयाँ फोन सार्वजनिक गरेसँगै दशैं तिहार अफर पनि अघि सारेको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको हो ।

अफर अन्तर्गत एक जना बिजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् । ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यसको साथै, भिभोले विजेताहरूका लागि बाई वान– गेट–वन अफर पनि ल्याएको छ । सो अफरबाट ६०० देखि १००० ग्राहकहरूले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन् ।

कम्पनीका अनुसार यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुनेछ । यस्तै, तीनदेखि पाँच हजार भिभोका ग्राहकहरूले स्टाइलिश ब्याग र ५ देखि ८ हजार ग्राहकले भिभोको बोतल पाउँने छन् भने १० देखि १५ हजार ग्राहकहरूले रिचार्ज कार्ड प्राप्त गर्न सक्ने छन् ।

अफरमा सहभागी हुन चाहाने ग्राहकहरूले हरेक भिभो फोनको खरिदमा मा रजिस्टर्ड गरी पुरस्कारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्