स्वास्थ्य संस्थाले अब अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

स्वास्थ्य संस्थाले अब अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने



काठमाडौं । अब स्वास्थ्य संस्थाले अनलाइनबाटम मासिक रुपमा प्रतिवेदन बुझाउनुपर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको हो ।

यसका लागि काठमाडौँ महानगरपालिकाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस) को युजन नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ । युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य विभागले प्रशिक्षण दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्